अशोक पहाडी,चन्द्रनिगाहपुर,५ साउन । कृषि सामाग्री केन्द्र लिमिटेड चन्द्रनिगाहपुरले किसानका लागि सस्तोमा दिने अनुदानको युरिया मल चन्द्रनिगाहपुरको एक पसलबाट बरामद भएको छ । सहकारी मार्फत किसानले पाउनुपर्ने मलखाद्य व्यापारीको पसलमा फेला परेपनि नेपल कम्युनिष्ट पार्टी विप्पवका स्थानीय नेताले प्रहरीमा खबर गरेका थिय । किसानले अनुदानको मल नपाएर भौतारिएको बेला चन्द्रनिगाहपुर बजारमा रहेको दिप एण्ड दिव्या एग्रोभेटमा महंगोमा युरिया मल बेच्दै गरेको थाहा पाएपछि नेपल कम्युनिष्ट पार्टी विप्पवका जिल्ला सेक्रेटरी कुमार राई सहितले ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरमा खबर गरेका थिय । प्रहरीले मलखाद्य बरामद गरेर ईलाका प्रहरी कार्यलयमा राखेको डिएसपी लिलाराज लामिछाने जानकारी दिए । बरामद भएको मलखाद्यको बिषयमा अनुसन्धान भईरहेको डिएसपी लामिछानेको भनाई रहेको छ ।








