कटहरिया,२ माघ ।
नेकपा एमालेका उप महासचिव प्रदीप ज्ञावलिले माओवादी अध्यक्ष प्रचण्ड र समाजबादिका अध्यक्ष माधव नेपालले घात गरेर कांग्रेसको पाउमा सता चढाएको टिप्पणी गरेका छन ।
कम्युनिस्टको नाउँमा जनताको मत लिएर सता स्वार्थको लागि नेकपा एमालेलाई घातगर्दै प्रचण्ड र नेपाल कांग्रेसको पाउमा सता चढाएको ज्ञावलिले टिप्पणी गरेका हुन । रौतहटको मौलापुर नगरपालिका अन्तर्गत मर्यादपुर स्थित आइतबार आयोजित एकीकृत दलित बस्ती उदघाटन समारोहका प्रमुख अतिथी तथा पुर्व परराष्ट मन्त्री समेत रहेका ज्ञावलिले दुईतिहाईको स्थिर सरकारले हेर्न नचाहेका केहि नेता र सर्बोचको मिलोमतोमा जनादेश बिपरित ओलि सरकार ढालेको जिकिर गरेका छन । स्थानीयतहमा एमालेका बढी जनप्रतिनिधि रहेकाले केहि मानिसलाई जलन भएर स्थानीय निर्वाचन समयमा गराउन आनाकानी गरिरहेको उनले बताए । आउँदा जेठमा चुनाव न गराएर गठबन्धन सरकारले २०५९ सालको जस्तो कर्मचारी तन्त्र अघि सारेर साधनस्रोतको दुरुपयोग गर्ने षड्यन्त्रमा लागेको नेता प्रदान ज्ञावलिले प्रष्ट पारेका छन । अगामी एकसाता भित्र सरकारले स्थानीय निर्वाचनको तिथि न तोकेमा आन्दोलनको लागि तयार रह्न उहाँले कार्यकर्ताहरु लाई निर्देशन दिएका थिए ।
केपि ओलि सरकारले साडेतिन बर्षभित्र स्वास्थ बिमा, प्रत्येक पालिकामा ५ देखि १५ बेडको ब्यवस्था,फुसको छानो हटाई जस्तापाता,बारामा चक्रपातको समय ८६९ घर निर्माण,एकल महिला बृद्वभतामा वृद्धि,कालापानी लिपुलेक समेटेर नयानक्सा निर्माण,सिके राउत बिप्लबलाई शन्तिबार्तामा ल्याएको स्पष्ट पारेका थिए । कार्यक्रमका बिशिस्ट अतिथी एमाले स्थायी समिति सदस्य प्रभु साहले मौलापुर नगरपालिकाले बाटो निर्माण,दलित बस्ती निर्माण,स्वास्थ सुबिधा,शिक्षक भर्ना,बहुप्राबिधिक शिक्षालय,२ वटा बाट ५ वटा माबिको प्रक्रियामा रहेको महादेव मंदिर लाई विश्व सम्पदा सुचिमा राखेको,लगायत आधुनिक सहर निर्माणमा जोड दिएकाले देशका अन्य स्थानीय तहले पनि सिको गर्नुपर्ने बताएका थिए । मौलापुर नगरपालिकाको कुल ३ करोड ४६ लाखको लागतमा ११ कठा जग्गा खरिद गरि २५ वटा घर निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताए । दलित बस्तीको प्रत्येक घरमा दुई कोठा,सौचालय,बर्ण्डा, र भ¥याङ कोठा रहेको छ ।त्यस्तै प्रत्येक घर अगाडि खानेपानीको लागि चापाकल, बिधुतिय मोटर,खानेपानी ट्याङ्की,र आवश्यक संख्यामा सोर्य बति जडान,१४ फिट चौडाइ ढालान बाटो,कौभर सहित नाला,एकीकृत सेफ्टी ट्यांक,सुरक्षाको लागि २ वटा फलामे गेट रहेको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिएका छन ।
सोही अवसरमा कक्षा १० पल्स टु का ७० जना विद्यार्थी
लाई ल्यापटप,३ वटा बिधालय लाई ८० सेट कृकेट खेल सामग्री प्रदान गरिएको थियो ।
कार्यक्रममा एमालेका उप महासचिव प्रदीप ज्ञावलि,पुर्व मन्त्री ,प्रभु साह,मेयर रिना साह,एमाले प्रदेश सहसंयोजक सुमन प्याकुरेल ,सांसद रेखा झा,एमालेका जिल्ला संयोजक उद्वव रेग्मी , केन्द्रिय सदस्य कुन्दन कुश्वाहा,जिल्ला अध्यक्ष तुलसी गिरि,केन्द्रिय नेता अच्युत मैनाली,पुर्व मन्त्री ज्वाला साह,उपेन्द्र साह,राजकिशोर यादव आरतीभण्डारी,रामऔतार यादव लगायत जिल्लाको दर्जनौं नेता तथा स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।








