चन्द्रपुर,९ माघ ।
रौतहटको चन्द्रनिगाहपुरमा एमसिसिको बिरोधमा प्रर्दशन भएको छ ।
बैज्ञानीक समाजवादी कम्युनिष्ट पार्टी रौतहटको आयोजनामा एमसिसिको बिरोधमा बिरोध प्रर्दशन भएको हो । युवाहरुको एक समुहले एमसिसि पास गर्न पाईदैन् ,दलालहरु होसियार ,नो एमसिसि लेखिएका प्लेकार्ड सहित नगर परिक्रमा गरेका थिए । एमसिसिको बिरोधमा नारावाजी गर्दे उनीहरुले चन्द्रपुर नगरका बिभिन्न भागको परिक्रमा गरेका थिए ।
नारावाजी सहित नगर परिक्रमा गरेर सो पार्टीले चन्द्रनिगाहपुरको मुख्य चोकमा कोणसभाको आयोजना गरेको थियो । उनीहरुले एमसिसि सम्झौता देशका लागि घातक भएकाले त्यो सम्झौता नगर्न नेताहरुलाई सुझाव दिएका थिए । यस भन्दा पहिला समेत बिभिन्न दल सम्बद्ध युवा विद्यार्थीहरुले एमसिसिको बिरोधमा चन्द्रनिगाहपुरमा बिरोध प्रर्दशन गरेका थिए ।








