नेकपा एमाले चन्द्रपुर वडा नम्बर ५ वार्ड कमिटीको पहलमा सय जना विपन्न परिवारका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
काठमाडौको सामाखुसी स्थित जे.एस. युनिफर्मका संचालन अजय श्रेष्ठले उपलब्ध गराउनु भएको न्याना कपडारु चन्द्रपुर ५ का विभिन्न स्थानहरुमा रहेका बालबालिकाहरुलाई वितरण गरिएको वार्ड कमिटी अध्यक्ष किशोर घिमिरेले जानकारी दिनुभयो ।
आफुहरुले चिसो तथा शितलहर पिडित विपन्न परिवारका बालबालिकाहरुलाई न्याना कपडा सहयोग गर्न संचालक श्रेष्ठसग पहल गरेर ती न्याना कपडाहरु वितरण गरेका वार्ड कमिटी सचिव नविन बरालले जानकारी बताउनुभयो । न्याना कपडा पाएपछि बालबालिकाहरु हर्षित भएका थिए ।
नेकपा एमाले जिल्ला कमिटी सदस्य टिका घिमिरे विपन्न परिवारलाई सम्पन्न बनाउन सके चिसोमा न्याना कपडाको लागि दाताको भर पर्नु नपर्ने भन्दै राज्यले गरिब तथा विपन्नको जीवनस्तर माथि उठाउन ठोस कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा घिमिरे समाजका प्रतिनिधिहरु बद्री घिमिरे , नेत्र घिमिरे लगायतको उपस्थिति रहेको थियो ।








