ओम किशोर चौधरी,चन्द्रपुर,१५फागुन ।
चन्द्निगाहपुर सरकारी अस्पतालको अवस्था सुधारमा चन्द्रपुर नगरपालिकाका मेयरले नै चसो नलिएको स्थानीय बासिन्दाको भनाइ रहेको छ । सो अस्पतालमा छात्रबृतीका डाक्टर संन्दिप कुमार साह आएदेखीनै अस्पतालको अवस्था नाजुक बनेको स्थानीयको भनाइ रहेको छ ।
अस्पतालको सेवा सुधारका बिषयमा चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले कुनै चासो नदेखाएको गुनासो बढदै जान थालेको छ ।
अस्पताल व्यावस्थापन समितिको अध्यक्ष समेत रहेका मेयर चौधरीले उनकै पार्टीका केही मान्छेको दवाबमा डाक्टर माथि एक्सन नलिएका कारण सो अस्पतालबाट सर्बसाधारणले समान्य सेवा समेत पाउन छाडेको स्थानीय समाजसेवी नरेश लामिछानेको भनाइ रहेको छ ।
सरकारी अस्पतालमा सुत्केरी गराउन आउनेलाई अस्पतालका कर्मचारी चन्द्रनिगाहपुरका निजी अस्पतालमा सुत्केरी गराउन पठाउने र राज्यले सरकारी अस्पताल सुत्केरी गराउन आउनेलाई दिने गरेको न्यानो कपडा र नगद समेत कर्मचारीले हिनामिना गर्ने गरेको जानकारहरुको भनाइ रहेको छ ।
चन्द्रनिगाहपुर अस्पतालका डाक्टर साह आफै स्त्रीरोग बिषेशज्ञ भए पनि उनले अस्पतालमा सुत्केरी गर्न आउनेलाई सरकारी अस्पतालमा एक्सरे लगाएतका सेवा नभएको भन्दै निजी अस्पतालमा पठाउने गरेका छन् । तीन बर्ष देखी सो अस्पतालमा रहेको एक्सरे मेशिन बिग्रदा समेत नगरपालिकाले एक्सरे मेशिन बनाउने वा नया“ खरिद गर्ने भन्ने बिषयमा चासो नलिएका कारण चन्द्रपुर नगरक्षेत्रका निजी अस्पताल जान नसक्ने सर्बसाधारण मारमा परेका छन् ।
चन्द्रनिगाहपुर सरकारी अस्पतालका कर्मचारीले सरकारी अस्पतालमा निशुल्क सेवा लिन आउनेहरुलाई एक्सरे ,ल्याव ,अल्ट्रासाउण्ड लगाएतका उपकरण नभएको भन्दै निजी अस्पतालमा पठाएर कमिशन खा“दा समेत नगरपालिकाको ध्यान जान नसकेको स्थानयिको भनाइ रहेको छ । निजी अस्पतालमा सुत्केरी गराउन पठाउने सरकारी अस्पतालका कर्मचारीले राज्यले सरकारी अस्पतालमा सुतकेरी गराउन आउदा पाउने सुभिदा समेत कुम्ल्याउने गरेकाले यस बिषयमा छानबिन हुनुपर्ने स्थानीय बासिन्दा नविन बरालको भनाइ रहेको छ । अस्पतालको अवस्थानमा सुधार नआए अव स्थानीयले अन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने बरालले चेतावनी समेत दिएकाछन् ।२०७८ फागुन १५ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।