चन्द्रपुर,२२ फागुन ।
प्रेस चौतारी नेपाल मधेश प्रदेश कमिटीको अध्यक्षमा फणी महत चयन भएका छन । चन्द्रपुर स्थित होटल आरोहीमा सम्पन्न पहिलो अधिवेशनले महतलाई सर्वसहमत अध्यक्षमा चयन गरेको हो । सो अधिवेशनबाट २७ सदस्यीय कार्य समिति पनि सर्वसहमत चयन भएको छ । समितिको उपाध्यक्षमा अनिल तिवारी र अर्चना परियार, महासचिवमा गौतम श्रेष्ठ, सचिवमा भगलु मण्डल र ज्ञासु देवान तथा कोषाध्यक्षमा जितेन्द्र साह चयन भएको निर्वाचन मण्डलका अध्यक्ष प्रेश चौतारी नेपाल मधेश प्रदेशका ईन्चार्ज मोहमद लालबाबुले जानकारी दिए । त्यसैगरी सदस्यहरुमा रामपुकार राउत, बिना राउत, बिजय पटेल लगायत रहेका छन । नवगठित कार्यसमितिलाई बधाई दिदै उनलले संस्थालाई श्रमजीवी पत्रकारहरुको हकहितको रक्षाको लागि एक भएर लाग्न भन्दै रौहतट शाखालाई उत्कृष्ट शाखा बनाउन सबै एक भएर लाग्नुपर्नेमा जोड दिए । नवनिर्वाचित अध्यक्ष महतले आफू र आफ्नो संगठन श्रमजीवी पत्रकारहरुको अधिकारको लागि लड्ने जनाउदै पत्रकारहरुलाई पेशागत दक्षता र सुरक्षाको लागि पहल गर्ने प्रतिवद्धता जनाए ।
कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीको प्रमुख आतिथ्यितामा भएको कार्यक्रममा चौतारीका प्रदेश ईन्चार्ज लालबाबु शेष,नेकपा एमालेकी नेतृ माननिय रेखा झा, एमाले रौतहट जिल्ला ईन्चार्ज उपेन्द्र साह, केन्द्रीय सदस्य उद्घब रेग्मी, कुन्दन कुशवाहा, मधेश प्रदेशको उपसचिव आरति भण्डारी, कटहरिया नगरपालिकाका नगरप्रमुख सियाराम कुशवाहा , नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शिव पुरी को विशष्ट अतिथ्यता रहेको थियो ।
कार्यक्रममा एमाले जिल्ला अध्यक्ष त्रिभुवन साह नेपाल पत्रकार महासंघ मधेस प्रदेश सदस्य शैलेन्द्र झा, प्रेस चौतारी नेपाल केन्द्रीय लेखा समिति सदस्य रमेश तिमल्सिना प्रेस सेन्टर रौतहट जिल्ला अध्यक्ष डिल्ली बहादुर कार्की (सुब्बा), नेकपा एमाले रौतहट जिल्ला सचिव बाल बिक्रम कार्की, नेकपा एमाले चन्द्रपुर नगर कमिटी उपाध्यक्ष, राजेन्द्र तिवारी लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका अगुवा तथा नेपाल पत्रकार महासंघका मधेश प्रदेशका उपाध्यक्ष सिरहा जिल्लाका स्वर्गीय संचारकर्मी रामानन्द गुप्ताले समग्र पत्रकारिता क्षेत्रमा योगदान पुर्याएकोले उच्च कदर गर्दै गुप्ताको छोरा शुभम सुधान्शुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
त्यस्तै उच्च शिक्षा तथा अहेव अध्यन गरि प्रदेशको अति विपन्न डोम समुदायलाई शिक्षा प्रदान गर्ने र समाज रूपान्तरमा महत्वपूर्ण योगदान पुर्याएका विजय मली डोमलाई पनि सम्मान पत्र प्रदान गरिएको छ ।