काठमाण्डौ,११ चैत ।
प्रभुविरुद्धको उजुरी प्रेसलाई दिएको भन्दै ओलीले गरे केन्द्रीय कमिटी बैठकमा रेखा झाको आलोचना भएको छ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसमक्ष पेस गर्नुपर्ने उजुरी केन्द्रीय सदस्य तथा सांसद रेखा झाले प्रेसलाई दिएको भन्दै केन्द्रीय कमिटी बैठकमा आलोचना गरेका छन् ।
विहीबार बैठकलाई समापन मन्तव्य दिँदै अध्यक्ष ओलीले पार्टीको हुर्मत लिने काम नगर्न निर्देशन दिए । ओलीले सञ्चारमाध्यममा दिएर व्यक्तिलाई सन्तुष्टि भए पनि पार्टीलाई फाइदा नहुने बताए ।बैठकमा अध्यक्ष ओलीले भने, रेखा झाले मलाई एउटा पत्र दिनुभयो । त्यसअघि प्रेसलाई दिनुभएछ । यसलाई कसरी बुझ्ने ? यस्तो किन हुन्छ ? जग हँसाउने काम किन गर्ने ? पार्टीको हुर्मत लिने काम कसैले नगरौं । पार्टीभित्रका कुरा पार्टीमै राखौं ।रौतहटकी समानुपातिक सांसद झाले स्थायी कमिटी सदस्य प्रभु साहविरुद्ध अध्यक्ष ओलीलाई सम्बोधन गरेर उजुरी दिएकी थिइन् । साहले एकलौटी गरेर जिल्ला अधिवेशनको हलले अनुमोदन नगरेका पाचजना पदाधिकारीलाई मध्यरातमा अज्ञात स्थानमा लगेर सपथग्रहण गराएको भन्दै झाले कारवाहीको माग गरेकी छन् ।पार्टी अध्यक्षको प्रतिवेदनमा रौतहट जिल्ला अधिवेशन सम्पन्न भएको भन्ने झुटो कुरा आएको भन्दै झाले सो प्रतिवेदन सच्याउन माग गरेकी छन् ।








