चन्द्रपुर,९ बैशाख । चन्द्रपुर नगरपालिकाका ३ वटा वडामा तीन जनाले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । बिहिबार चन्द्रनिगाहपुर पत्रकार सम्मेलनको आयोजना गरेका फरक फरक वडामा फरक फरक पृष्ठभुमि भएका तीजनाले आफुहरु स्वतन्त्र वडा अध्यक्षमा चुनाव लडने बताएका छन् । सामाजिक काम गरेर चर्चामा आएका रिक्सा चालक केदार प्रसाद तिमलसिनाले चन्द्रपुरको वडानं ४ बाट वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने भएकाछन् ।त्यस्तै चन्द्रपुरको ५ नम्बर वडामा कृष्ण प्रसाद उपाध्याय(रामेश्वरले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । उनी स्वतन्त्र कम्युनिष्ट बिचारधारका हुन् । चन्द्रपुर नगरपालिकाको वडा नं २ मा जितेन्द्र दास तत्माले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकाछन् । चन्द्रपुर नगरपालिकाका अन्य वडामा समेत स्वतन्त्र उम्मेदवारी दिनेको संख्या बढन सक्ने आंकलन गरीएको छ । २०७९ बैशाख ९ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।








