चन्द्रपुर,१८ बैशाख । ÷नेकपा समाजबादी पार्टीबाट चन्द्रपुर नगरपालिका वाड नं. १ को लागी उठेका बिरु रखालले बाकी केही अधुरा कामहरु पुरा गर्नको लागी पुन ः एकपटक आफनो अमुल्य मत दिन मतादाताहरुलाइ आग्रह गरेका छन ।पहिलो कार्यकालको करिब २ बर्ष स्थानिय तहको नियम, कानुन, ऐन,प्रणाली सिक्न नै लागेको बताउदै रखालले अब पुर्ण अनुभब जनप्रतिनिधि भएर बाकी रहेको काम पुरा गर्न मतदान गर्न मतदाताहरुलाइ आग्रह गरेका हुन ।
आफनो पहिलो कार्यकालमा वाड नं. १ को करिब ८५ प्रतिशत सडकहरु कालोपत्रे गरेको समेत वाड अध्यक्षका उमेदवार रखालले जानकारी दिए ।
स्वास्थ्य क्षेत्रमा आफनै कार्यकालमा वथिङ सेन्टर भवन निमार्णगरी संचालनमा ल्याएको र अन्य सुबिधाहरु पनि प्रदान गदै आएको उनले बताए ।
वाडमा बाकी रहेका अधुरा काम पनि आफैले पुरा गर्न पाउने समेत उनले बिश्वास गरेका छन ।
आफनो पहिलो कार्यकालमा भौतिक पुर्वाधारका बिकाश,नुनथर क्षेत्रको बिकाश ब्रहमस्थानको भौतिक पुर्वाधारको बिकाश बिभिन्न स्थानमा नाला निमार्ण लगायतका कामहरु भएको उनले सुनाए ।
करिब साडे ४ बर्षको अन्तरालमा २ बर्ष सिक्न नै लागेको र करिब साडे २ बर्षमा वाड नं. १ मा धेरै काम भएको उनको दाबी छ । अबको निर्वाचित भएपछि स्वरोजगारका कामहरु,किसानहरुलाइ आत्मनिर्भर बनाउने योजनाहरु ल्याउने समेत उनले प्रतिबद्धता जनाएका छन ।उक्त वाडमा नेकपा एमालेको तर्फबाट चन्द्र बहादुर लामिछाने मगर,नेपाली कांग्रेसको तर्फबाछ बलराम राउत,नेकपा एसको तर्फबाट बिरु रखाल लागायतले वाड अध्यक्षमा उमेदवारी दिएका छन ।