चन्द्रपुर,१ जेठ।
चन्द्रपुर नगरपालिका वडानं १ मा आफ्नै सहोदर दाजुले वडा अध्यक्ष जित्दा भई भने तेस्रो भएका छन् ।
सो वडामा नेपाली काग्रेसबाट बलराम राउत र नेकपा माओवादी केन्द्रबाट गणेश राउत चुनावी मैदानमा उत्रेका थिए । नेपाली कांग्रेसबाट चुनाव लडेका दाजु बलराम राउतले २०१० मत ल्याएर वडा अध्यक्षमा चुनाव जित्दा नेकपा माओवादी केन्द्रबाट चुनावी मैदानमा उत्रेका भाई गणेश राउतले ५३८ मत ल्याएर तेस्रो स्थानमा चित्त बुझाएका थिए ।
चन्द्रपुर १ को वडा अध्यक्षको चुनावले काग्रेसबाट दाजु लाई र नेकपा माओवादी केन्द्रबाट भाईलाई टिकट दिईएको थियो । चुनाव जितेर दाजु बाजा गाजा सहित आफ्नो वडा तर्फ लाग्दा उनका भाई भने आफ्ना पार्टीका नेता कार्यकर्ताको साथमा मतगणना स्थलबाट बाहिर निस्केका थिए ।