चन्द्रपुर,२७ जेठ ÷ डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले पुर्व पश्चिम महेन्द्र राजमार्गको चन्द्रनिगाहपुर खण्डमा सडक साघुरो बनाएपछि सवारी र्दुघटना बढदै गएको छ । पुर्व पश्चिम राजमार्ग अन्र्तरगत चादीपुल देखी पश्चिम जगत आयल पम्म सम्मको सडक करिब २ फिट सडक साघुरो बनाइएको छ ।
सो क्षेत्रमा १८ फिट मात्रै सडक कालोपत्रे गरिएको छ । महेन्द्र राजमार्गमा २० फिट कालोपत्रे हुनुपर्ने प्राबधान छ डिभिजन सडक कार्यालयका कर्मचारीले कमिसनको लोभमा ठेकेदारलाइ १८ फिट मात्रै सडक कालोपत्रे गराउन लगाएको थियो ।
सो क्षेत्रमा हरेक दिन सवारी र्दुघटना हुने गरेको छ । करिब ८ महिला अगाडी सोही क्षेत्रमा चन्द्रपुर २ का सोनेलाल चौधरीले सवारी र्दुघटना मै ज्यान गुमाएका थिए ।
दैनिक जसो र्दुघटना भएतापनि डिभिजन सडक कार्यालय सो क्षेत्रको सडक बिस्तारमा लागेको छैन । हरेक बर्ष असार लागेपछि मात्रै काम शुरु गर्ने बानी कर्मचारीको रहेको स्थानिय बताउदै आएका छन ।
यता पछिल्लो समय राष्ट्रिय राजमार्गमा रुखका हाँगा र बजार क्षेत्रमा अतिक्रमणका कारण समस्या हुने गरेको छरु। डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका कर्मचारीले राजमार्गमा रुख ढल्यो भने तत्कालै पन्छाएर सवारी आवागमन सुचारु गर्ने तर रुखमै चढेर हागा काटेर सफा गर्न नसक्ने बताए । हामीसित राजमार्ग छेउका रुखको हाँगा काटेर सफा गर्न बजेट पनि छैन । हागा झरेर सडक अवरोध भयो भने हटाउने काम मात्र हुन्छ, उनले भने, अहिले राजमार्गको दुवैतिरको रुखको हँगा तल झर्न लागेर सबारी आवागमनलाई जोखी पारेको छ । यस विषयमा माथिल्लो निकायमा कुरा राख्छौं । पछिल्लो समय हावाहुरीका कारण रुख ढलेर घण्टौंसम्म सवारी अवरोध हुने गरेको छ । रुखको हाँगाले छोलाकी भनेर चनाखो भएर चालकहरू गाडी चलाउने गर्छन । उनीहरू माथि हेर्दै गाडी चलाउछन । सडकले समयमा रुखका हागाहरू काटेर राजमार्ग सफा बनाउनुपर्छ । त्यस तर्फ डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दरोगा प्रसादको ध्यान जान नसकेको पनि स्थानियको गुनासो रहेको छ । २०७९ जेठ २७ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।