चन्द्रपुर,१४ असार । रौतहटको बृन्दावन नगरपालिकाका मेयरले मनोमानी गरेको सो नगरका मेयर प्रत्यासीले आरोप लगाएकाछन् । नेपाली काग्रेसका मेयर प्रत्यासी रामस्नेही यादव ,नेकपा एमालेका मेयर प्रत्यासी प्रेम शंकर यादव ,नेकपा माओवादीका मेयर प्रत्यासी राम प्रसाद राउतले संयुक्त रुपमा बिज्ञप्ती जारी गर्दै प्रहरी ,प्रशासनको आडमा मेयरले मनोमानी गरेको आरोप लगाएका हुन । नगर परिषदको बन्द सत्रमा परिषदका सदस्यहरुले बजेटको शिर्षक उप शिर्षक राखी बजेटलाई टेण्डरको माध्यमबाट खर्च गर्नुपर्ने, बजेटको दफावार छलफल हुनुपर्ने ,संबिधान कानुन ,स्थानीय सरकार संचालन एन २०७४ अनुसार बन्द सत्र हुनुपर्नेमा नभएको उनीहरुले आरोप लगाएकाछन् ।
नव निर्वाचित मेयर बिनोद पटेलले त्यसो नगरी प्रहरी प्रशासनको आडमा सदस्यहरुलाई छलफलमा सहभागि हुन नदिएको उनीहरुको भनाइ रहेको छ । मेयर पटेलले बलपुर्वक भ्रष्टाचार गर्ने नियतले १३ करोड र ४ करोड ३६ लाखको दुई वटा शिर्षक राखि भ्रष्टाचार गर्ने नियत राखेको उनीहरुको भनाइ रहेको छ ।