चन्द्रपुर,२४ कार्तिक । नेकपा एमाले रौतहट क्षेत्रनं ४ का संघिय सांसदका उम्मेदवार उद्धव रेग्मी र प्रदेशसभा सदस्यका उम्मेदवार अखिलेश्वर चौधरीले आज चन्द्रपुर १ मा घरदैलो गरेकाछन् । घरदैलोमा समानुपातीक उम्मेदवार आरती भण्डारी र जितलाल बिकको सहितले स्थानीयसंग मत मागेका थिए । घरदैलोका क्रममा आफ्नो पक्षमा मतदाताको उत्साह जनक सहभागिता रहेको प्रदेशसभा सदस्यका उम्मेदवार अखिलेश्वर चौधरीले बताए । रौतहट क्षेत्रनं ४ मा एमालेको पक्षमा जनलहर बढदै गएको संघिय सांसदका उम्मेदवार उद्धव रेग्मीले बताए । रौतहट ४ मा नेकपा एमालेको पक्षमा पछिल्लो समय जनलहर बढदै जान थालेको समानुपातिक उम्मेदवार आरती भण्डारीको भनाइ रहेको छ ।








