अशोक पहाडी
रौतहट,२५ कार्तिक । रौतहटमा जाली नोट र अबैध हतियार बरामद गर्ने क्रममा प्रहरीले २ राउण्ड हवाई फायर गरेको छ । रौतहट प्रहरीले जाली नोट सहित एक थान पेस्तोल बरामद गर्ने क्रममा स्थानीयले अवरोध गरेपछि हवाई फायर गर्नु परेको थियो ।
स्थितीलाई नियन्त्रणमा लिने क्रममा प्रहरी माथि ढुंगा मुढा प्रहार गर्न थालेपछी प्रहरी टोलीले आत्मा रक्षाको लागी २ राउण्ड हवाई फायर गरेको थियो । सो घटनामा २ जना म्यादी प्रहरी सहित ६ जना प्रहरी घाईते भएका थिए ।
हतियार र जाली नोट सहित प्रहरीले ६ जनालाई पक्रउ समेत गरेको छ । जिल्लाको मौलापुर नगरपालिका वडानं ८ बाट प्रहरीले बिषेश सुचनाका आधारमा एक थान नलकटुवा पेस्तोल सहित उनीहरुलाई पक्राउ गरेको हो ।









