चन्द्रपुर,१९ जेठ । रौतहटमा मिटर व्याज पिडित तथा लघुबित्त पिडितहरुले बिरोध प्रर्दशन गरेका छन् ।
जिल्लाको गुजरा नगरपालिकाबाट बिभिन्न प्लेकार्ड सहित निस्केका उनीहरुले बिभिन्न स्थानको परिक्रमा गरेर चन्द्रपुर नगरपालिकाको चन्द्रनिगाहपुरमा आएर कोणसभा गरेका थिए । मिटर व्याज पिडित संघर्स समिति रौतहट ,लघुबित्त पिडित संघर्स समितिको आयोजनामा सो बिरोध कार्यक्रम भएको थियो ।
बित्तिय शोषण र उत्पीडन बिरुद्ध बिसान मजदुरको मार्च नामको व्यानरमा उनीहरुले रौतहटमा प्रर्दशन गरेका थिए ।
चन्द्रनिगाहपुरको मुख्य चोकमा भएको कोणसभामा बोल्दै मिटर व्याज पिडित तथा लघुबित्त बिडित संघर्स समितिका प्रवक्ता निर्ग नविनले आफुहरुको माग सरकारले पुरा नगरेका कारण कयौ पिडितहरु आजपनि गाँउमा बस्न सक्ने अवस्थामा नरहेको बताएका थिए । मिटर व्याज पिडित तथा लघुबित्त बिडित संघर्स समिति पर्साका अध्यक्ष मोहन महतो ,सिराहा जिल्ला अध्यक्ष पुनम महतो ,बारा जिल्ला अध्यक्ष पुरुशोत्तम चौधरी ,पर्साका अध्यक्ष ललित चौकरी ,रौतहट जिल्ला अध्यक्ष शिवशंकर महताले पछिल्लो समय साहुको मिटर व्याज र लघुबित्तको मिटर व्याज भन्दा चर्को व्याजका कारण मधेशका गरिव झन गरिव बन्दै गएको बताएका थिए ।








