चन्द्रपुर,४ असार ।
समान्य तरिकाले शोच्दा र देख्दा जावो ई रिक्सामा घरमा खाना पकाउनका लागि दाउरा ल्याएको होला भन्ने शोच्ने गर्दछन् । तर एक टिप ई रिक्सामा दाउरा ल्याउदा वन कर्मचारीले ६०० रुपैया असुल्ने गरेका छन् । वन कर्मचारीलाई ६०० तिरेर ल्याएको सुकेको दाउरा मात्र यहाँका होटल ,पाउरोटी फ्याक्ट्रीले पाँच हजार सम्ममा खरिद गर्ने गरेका छन् ।
तर बिहानै वन कर्मचारीलाई पैसा दिएर जंगलमा पस्ने ई रिक्सामा स्याउलाले छोपेर तीन देखी चार फिट सम्मका गोलिया र काँचा सालमा लाथ्रा समेत काटेर ल्याउने गरेकाछन् ।
दाउराको नाममा दाउरा भित्र ल्याएको साना साना गोलिया उनीहरुले चिरान मिलमा लगेर झ्यालका लागि प्रयोग हुने पासी र कडी बनाउने गरेकाछन् ।
एउटा मात्र ई रिक्सामा दाउरा बोक्न थालेका चन्द्रपुर ८ का एकजनाले दाउरा बेचेरै ६ महिनामा चार वटा ई रिक्सा किनेकाछन् । उनले दाउराको नाममा साना साना गोलिया ल्याएर बेचेर छोटो समयमा मनग्य पैसा कमाएको स्थानीयले बताए ।
दाउरा लिन जंगल जाने ई रिक्सा चालकहरुले डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर अगाडीनै वन कर्मचारीले रकम असुल्ने गरेकाछन् । गैडाटार सव डिभिजन वन कार्यालयका कर्मचारीले समेत यस्ता ई रिक्सासंग टिपको हिसावले रकम असुल्ने गरेका छन् ।
यस्ता कर्मचारीलाई डिभिजन वन कार्यालयले कार्वाहीको दायरामा नल्याएका कारण रौतहटको वन दिनप्रतिदिन मासिदै जान थालेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।
साना सान सालका रुख काटेर गोलिया बनाएर ई रिक्सा र साइकलमा दाउरा भन्दै ल्याउनेहरूका कारण रौतहटको वन तीव्र रूपमा मासिँदै गएको छ । डिभिजन वन कार्यालय रौतहटका प्रमुख कर्णले वनमा हुने चोरी तस्करी रोक्न आफूहरूले प्रयास गरिरहेको बताए ।पछिल्लो समय जिल्लाको वनबाट दाउराका नाममा जाने सालका लाथ्रा स्थानीय इँटाउद्योग र चिरान मिलसम्म पुग्ने गरेको छ । पछिल्लो समय ठुला रुख चोर्ने भन्दा साइकलमा काँचा सालका लाथ्रा काटेर लग्नेहरूले दुःख दिएको चोचा सब डिभिजन कार्यालयका प्रमुख चौधरीले बताए ।








