२९ असार, काठमाडौं । भक्तपुरमा १५ दिनदेखि हराइरहेकी महिला मृत अवस्थामा फेला परेकी छन् ।

सूर्यविनायक नगरपालिका–७, गुण्डुकी ३८ वर्षीया माया नगरकोटीको शव फेला परेको जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रमुख प्रजित केसीले अनलाइनखबरलाई बताए ।