बृन्दावन,२ साउन । बृन्दावन नगरपालिकाका कारण स्थानीय उपभोक्ता समिति मारमा परेको छ ।
ती पालिकाले उपभोक्ता समिति गठन गरेर गरेको विकास निर्माणको कामको भुक्तानी नदिदा उपभोक्ता समिति मारमा परेको हो । सो नगरपालिकाका हाकिम रास नारायण पटेल र नगरप्रमुख बिनोद प्रसाद कुर्मीको मिलोमतोमा आर्थिक वर्षको अन्तिममा कमिशन आउने चेक मात्र काटिएको बृन्दावन ८ का एक उपभोक्ता समितिले नाम नखुलाउने सर्तमा तराई एक्सप्रेसलाई जानकारी दिए ।
ती उपभोक्ता समितिका अनुसार नगरपालिकाले असारमा धमाधम काम गर्न लागायो तर, भुक्तानी दिने बेलामा विभिन्न बहाना बाजी गर्न थालेपछि हामी मारमा परेको बताएका छन् ।
यता बृन्दावन नगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयहरुलाई दिवा खाजाको रकम नदिदा विद्यालयका दिवा खाजा प्रभावित बनेको छ ।
विद्यालयहरुलाई दिवा खाजाको रकम नदिदा ती पालिकामा सञ्चालित एक दर्जन भन्दा बढी सामुदायिक विद्यालयले विद्यार्थिलाई खाजा खुवाउन छोडेको हो । वृद्धावन नगरपालिकाले कार्यदेश दिने तर भुतmनी दिन ढिलाई गर्ने र दिएको भुतmानीमा पनि कमिशन माग्ने गरेको एक उपभोतmा समितिका पदधिकारीले बताए । कमिशन नदिएकै कारण १ सय भन्दा बढि उपभोतmा समितिको भुतmानी नदिएको स्रोतले दावी गरेको छ । स्रोतका अनुसार कार्यालय प्रमुख र लेखापालको मनोमानीका कारण सम्पन्न योजनाको पनि भुतmानी रोकिएको हो । भुतmानीका लागि कार्यालयमा पटक पटक पग्दा समेत विभिन्न वहाना बनाउँदै नदिएको र असार मसान्त सम्म आवश्वसन मात्र दिएकाले समस्यामा परेको उनीहरु बताँउछन् । आफुहरुको भुतmानी कहिले ह्ने भन्नेमा अन्यौल रहेको उनीहरुको गुनासो छ । नगरपालिकाका मेयर विनोद कुर्मी, कार्यालय प्रमुख रासनारायण पटेल र लेखापाल सिताराम पाल कै मिलोमतोमा आफु निकट वाहेकका उपभोतmा समितिलाई दुख दिएको आरोप छ । मेयरले पार्टी निकटका समितिलाई मात्र भुतmानी दिने र अन्यलाई चासो नदिने गरेको पूर्व मेयर रामस्नेहि यादवले बताए । मेयरले पार्टी बिशेषका लागि मात्र काम गरेकाले जन अपेक्षा अनुसार काम हुन नसकेको उनको भनाई छ ।
मेयरले आफु निकटका कर्मचारीलाई कार्यालयमा हाजिरी गराएर भष्टचार गरेको आरोप उनको छ । नगरपालिकालाई पार्टी कार्यालय शैलीमा लगेको र सर्वसाधरणको काम सहज तरिकाले नभएकाले नगरबासी मेयर पटेलसंग रुष्ट छन् । मेयर पटेलकै निकट मानिएका कार्यालय प्रमुखले मेयरले भनेका हरेक काममा साथ दिने गरेकाले सवै उपभोतmा समितिले भुतmानी नपाएको पूर्व मेयर यादवको भनाई छ ।
आफु नगरपालिकाको मेयर हुँदा जनअपेक्षानुसार काम गरेको भएपनि हालका मेयर पटेलले पाटीको सल्लाहमा मात्र काम गरेकाले नगरमा विकास हुन नसकेको उनले बताए । नगरपालिकाको विकासका लागि स्प्रष्ट धारणा बनाउन नसकेको मेयर र स्वास्थ्य फाँटमा रहेका कर्मचारीलाई निमित कार्यालय प्रमुख दिएर भष्टचारको अखडा बनाएको नेपाली काग्रेसका नेताहरुको आरोप छ ।
पार्टी निकटकालाई उपभोतmा समितिका पदधिकारी बनाएर गरिएका कामहरु पनि गुणस्तरिय रहेको भन्न नसकिने धारणा स्थानियको छ । नगरपालिकामा देखिने गरी दिर्घकालिन योजनाका काम कुनै पनि नभएको उनीहरु बताँउछन् । नगरपालिकामा सदैव विवाद नै विवाद हुने गरेको स्थानियहरु बताउँछन् ।








