काठमाडौँ । पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले सबै कम्युनिष्टहरुलाई एकताबद्ध हुन आह्वान गरेका छन् । आज नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै कीर्तिपुरमा उनले समाजवादी मोर्चा बनाउनु राम्रो भए पनि एक(दुई वटा पार्टी मात्रै मिलेर समाजवादको यात्रा पूरा नहुने बताए ।