फिल्म र थियटरमध्ये कुन रोज्नु हुन्छ रु यस प्रश्नमा प्रायःको रोजाई फिल्म हुन्छ । किनकि नाम, दाम जो छ फिल्ममा । अभिनेता कमलमणि नेपाल भने आफू थियटर रोज्ने बताउँछन् । भन्छन्, ‘एउटा कलाकारलाई थियटर अभिनयबाट मिल्ने सुन्तुष्टि फिल्मले पो कहाँ दिन्छ र रु’ हुन त पछिल्लो समय फिल्ममा थियटर कलाकारकै जगजगी छ । फिल्म हिट दिनेदेखि ब्यस्त र धेरै कमाउन सफल कलाकार थियटरबाटै भित्रिएका पर्छन् ।