काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा डुबेर तीन जनाको मृत्यु भएको छ ।
महोत्तरीको रामगोपालपुर नगरपालिका(१ लक्ष्मीपुर बस्ने १५ वर्षीय प्रेम कुमार मण्डलको सोही ठाउँस्थित जंगा नदीको तलाउमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर अशक्त भएका उनको उपचारको लागि सिटिजन अस्पताल रामगोपालपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।








