पसिनाको दुर्गन्ध हटाउने घरेलु उपाय

– गुलाब जल शरीरको दुर्गन्ध हटाउने सबैभन्दा सहज उपाय हो । यसका लागि नुहाउने पानीमा गुलाब जल मिसाउनुहोस् । यो एक ‘नेचुरल कुलर’ हो । नुहाउने पानीमा गुलाब जल मिसाउँदा शरीरबाट सुगन्ध आउँछ र ताजा महसुस हुन्छ ।

– शरीरको जुन भागबाट दुर्गन्ध आइरहेको छ, त्यहाँ आलुको टुक्रा रगड्नुहोस् ।

– नुहाउने पानीमा एक चम्चा फिटकीरी मिसाउनुहोस् । यसमा केही पुदिनाको पात पनि मिसाएर हाल्नुहोस् ।