किशोर आत्मन थारु ,चन्द्रपुर,१२ कार्तिक ।
जनमत पार्टीले संघिय मामिला तथा समान्य प्रशासन मन्त्रायलयको जिम्बेवारी पाएपछि रौतहटका स्थानीय तहमा भ्रष्टाचार मौलाउदै जान थालेको छ ।
संघिय मामिला तथा समान्य प्रशासन मन्त्रायलयमा माल आर्थात पैसा बुझाएपछि पिउन समेत नगरपालिकाको निमित्त कायृकारी अधिकृत बन्ने अवस्था आएसंगै पालिकाहरुमा भ्रष्टाचार मौलाउदै जान थालेको हो । दसैंको फुलपातीको ठिक अघिल्लो दिन रौतहटको बृन्दावन नगरपालिकामा दुईजना कार्यालय प्रमुख हाजिर भए । मेयर का तर्फबाट सो नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख र उप मेयर सहति अधिकांस बहुमत कार्यपालिका सदस्यले उप सचिवलाई हाजिर गराए ।
सोही दिन सो पालिकामा झडपको अवस्था आएको थियो । मेयरले आफ्नो तर्फबाट नगरपालिकाको कार्यकारी अधिकृतका रुपमा सो नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत रहेका रासनारायण पटेललाई नगरपालिकामा हाजिर गराए । उप मेयर सहितका वडा अध्यक्षले उप सचिव सुरेन्द्र प्रधानलाई हाजिर गराएका थिए ।
फुलपातीको अधिल्लो दिन नगरपालिकाको खाता खोलाउने बिषयमा मेयर समुह र उप मेयर समुह प्रधान र पटेललाई लिएर कोष तथा लोखा नियन्त्रण कार्यालय गौरमा गएका थिए । मेयर बिनोद कुर्मी र उप मेयरका मान्छे बिच गौरमा झडपको अवस्था आएपछि जिल्ला प्रहरी कार्यालय गौरले मेयर कुर्मीका आधा दर्जन मान्छे पक्राउ गरेको थियो । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालको पावरमा उप सचिव सुरेन्द्र प्रधानमाथि हातपात गर्न गएकाहरुलाई प्रहरीले केही समय नियनत्रणमा लिएर छाडेको थियो ।
संघिय मामिला तथा समान्य प्रशासन मन्त्रायलयले सुरेन्द्र प्रधानलाई असोज २६ गते बृन्दावन नगरपालिकाको प्रमुख कार्यकारीको रुपमा काम काज गर्नका लागि पत्र दिएर पठाएको थियो ।
फेरी सोही मन्त्रालयले बृन्दावन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रहेका रास नारायण पटेललाई अर्को व्यावस्था नभए सम्म दुई महिनाको लागि निमित्त कार्यकारीको रुपमा काम गर्न भन्दै पत्र धमाएर पठाएपछि सो नगरपालिकाका कार्यकपालिका सदस्यहरु बिभाजित भएका थिए ।
समाचारस्रोतका अनुसार स्वास्थ्य शाखा प्रमुख पटेलले जनमत पार्टीका नेतालाई नगद १५ लाख बुझाएर दुई महिनाका लागि निमित्त हाकिमको पत्र बुझेर आएका थिए । उनले पैसा बुझाएर हाकिम बन्नु भनेकै नगरपालिकामा आर्थिक अनियमितता गरेर पैसा कमउनु रहेको जानकारहरुको भनाइ रहेको छ ।
यस्तै उप सचिव सुरेन्द्र प्रधानलाई संघिय मामिला तथा समान्य प्रशासन मन्त्रायलयले रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिको प्रमुख कार्यकारीको रुपमा काम काज गर्नका लागि पत्र दिएर पठाएपछि सो नगरपालिकामा उनलाई हाजिर नगराउने भन्दै नारावाजि समेत भएको थियो । सो नगरपालिकाका मेयर गोपाल राय यादव भ्रष्टचार मुद्धामा दोषि ठहर भएर निलम्बनमा परेको भएपनि उनले उप सचिव आएपछि आफ्ना मान्छेले भ्रष्टचार गर्न नपाउने भएका कारण उप सचिव प्रधानका बिरुद्ध नारावाजी गर्न लगाएको स्थानीयको भनाई रहेको छ ।
रौतहटका अधिकांस पालिकामा शाखा अधिकृत र उप सचिवको दरबन्दी रहेका स्थानमा बिना दरबन्दीका कर्मचारीले निमित्तका रुपमा काम गर्दै आएकाछन् ।
त्यस्ता कर्मचारीसंग संघिय मामिला तथा समान्य प्रशासन मन्त्रायलय जनमत पार्टीले सम्हाले पछि मोटो रकमको बार्गेनिङ हुदै आएको जानकारहरुको भनाइ रहेको छ ।
जिल्लाको राजपुर नगरपालिकामा समेत श्रृणी बिहीन कर्मचारीले लामो समयदेखी निमित्तको रुपमा काम गर्दै आएको स्थानीयले बताएका छन् । सो नगरपालिकामा बैजु ठाकुर नामका कर्मचारीले संघिय मामिला तथा समान्य प्रशासन मन्त्रायलयमा मोटो रकम बुझाउदै लामो समय देखि निमित्त हाकिमका रुपमा ब्रम्ह्लुट मच्चाउदै आएको जानकारहरुको भनाइ रहेको छ । २०८० कार्तिक १२ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।