अशोक पहाडी
गौर ,१८ पुस । रौतहटको चन्द्रनिगाहपुर गौर सडक खण्डमा स्थानीयले चक्काजाम गरेका छन्। हुलाकी राजमार्ग अन्तर्गतको बडहरवा पुल समयमा नबनेको भन्दै स्थानीय बासिन्दाले चक्काजाम गरेका हुन्। हुलाकी राजमार्ग अन्तर्गत पर्ने बागमतीको बढहर्वा पुल तत्काल बन्नुपर्ने माग राख्दै स्थानीय बासिन्दाले चन्द्रनिगापुर गौर सडक खण्डको बम नहरमा सवारी साधन अवरुद्ध गरेर चक्काजाम गरेका हुन् । उनीहरूले दिउँसो डेढ बजेबाट सो स्थानमा चक्काजाम गरेका कारण चन्द्रनिगाहपुर गौर सडक खण्डमा चल्ने सवारी साधनहरू अवरुद्ध भएका हुन । पप्पु कन्ट्रकसनले पुल बनाउन ठेक्का सकार गरेको थियो । रौतहटको यमुनामाई गाउपालिका , दुर्गा भगवती गाउँपालिका र राजदेवी नगरपालिकाका स्थानीय बासिन्दाले बम नहरमा जम्मा भएर पुल समयमै बन्नुपर्ने माग राख्दै चक्काजाम गरेका हुन्। रौतहटको क्षेत्र नम्बर १ का प्रदेश सांसद नागेन्द्र शाह सहितका स्थानीय बासिन्दाले चक्काजाम गरेपछि चन्द्रनिगापुर गौर सडक खण्डमा सवारी आवागमन अवरुद्ध भएको हो।