चन्द्रनिगाहपुर,२२ पुस । चन्द्रपुर नगरपालिकाको मुख्य चोक र चन्द्रनिगाहपुर गौर सडक खण्डनै अतिक्रमण गरेर ठेलामा व्यापार गर्ने व्यापारीको ठेला नगरपालिकाले उठाएको छ ।तराई एक्सप्रेस दैनिकले व्यापारीले सडक अतिक्रमण गरेर ठेला व्यापार गरेको बिषयमा समाचार संम्प्रेसण गरेपछि चन्द्रपुर नगरपालिकाको त्यस तर्फ ध्यान गएको हो ।
मेयर संजय कुमार काफ्लेले सडक अतिक्रम गरेर अटेरी गर्दे व्यापार गर्नेको ठेला उठाउन निर्देशन दिएपछि कार्यपालिका सदस्य नेत्र कुस्वार सहितको नगरपालिकाको टोलिले गौर रोडमा सडक अतिक्रमण गरेर राखिएका ठेला उठाएर लगेको हो ।
मेयर काफ्लेले पटक पटक सडक पेटीमा व्यापार नगर्न ,सडक अतिक्रम गरेर व्यापार नगर्न सुझाव दिदा पनि नमानेपछि बाध्य भएर ठेला उठाउनु परेको बताए । अब मुख्य सडकमा सडककै छेउमा ठेला लगाएर बसेकाहरूको ठेला समेत उठाउने कार्यपालिका सदस्य नेत्र कुस्वारले बताए ।








