अशोक पहाडी
रौतहट,२९ पुस । अफ्ताव आलमको मुद्धाको सुनुवाई सरेको छ । आजबाट हुने भनिएको सुनुवाई न्यायाधीस अभावमा सरेको हो । जिल्ला अदालत रौतहटमा रहेका सात जना न्यायाधीस मध्य ३ जनाको उच्च अदालतमा सिफारिस भएको ,२ जना बिदामा रहेको र गोला गर्दा रहेका दुबै न्यायाधीसको भागमा मुद्धा नपरेपछि सरेको जिल्ला अदालतका श्रेष्तेदार उद्धव ढोडारीले बताए । उनका अनुसार सात न्यायाधीहरुमध्ये आइतबार दुई जना न्यायाधीशहरु मात्र अदालतमा उपस्थित रहेको र गोला गर्दा आलमको मुद्धा दुबैको भागमा नपरेको हो ।
आलमको मुद्धाको सुनुवाई माघ २० वा २१ गते तिरबाट हुने ढोडारीले बताए ।
सरकारी वकिल र आलमका वकिलबाट बहस नोट प्राप्त भइसकेकाले रौतहट जिल्ला अदालतले मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकेको थियो । गत कात्तिक तेस्रो साता अदालतले मुद्दाको गाम्भीर्य र जटिलता विचार गरी सरकारी वकिल र आलमका वकिललाई १५ दिनभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो ।