अशोक पहाडी
रौतहट,२९ पुस । जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ कि एक महिलाले साग बेचेरै मासिक ५० देखि ६० हजार बचत गर्ने गरेकी छिन् ।चन्द्रनिगापुर बजारमा सागवालिका नामले परिचित ती महिलाहरूले दैनिक रूपमा स्थानीय होटलहरूमा साग बेच्ने गरेकी छिन् । स्थानीय ५५ वर्षीय ल्वाङमाया तामाङको बिहानबाट साग बेच्ने दैनिकी सुरु हुन्छ ।आफ्नो चारकठ्ठा बारीमा लगाएको साग र अरु गाउँलेहरूले लगाएको साग खरिद गरेर उनले चन्द्रनिगापुरमा रहेका होटलहरूमा बिक्री वितरण गर्दै आएकी छिन् ।
बिहानैबाट साग साईकलमा लोड गरेर उनको दैनिकी सुरु हुने गरेको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर ६ को झनझने टोलमा आफ्नो बारीमा लगाएको साग र छिमेकीले लगाएको साग उनी जम्मा पारेर स्थानीय होटलहरूमा बिक्री वितरण गर्दै मासिक ५५ देखि ६० हजार सम्म बचत गर्ने गरेको बताउछिन ।
ल्वाङ मायाले आफ्नो बारीमा सिजन अनुसारका सागको खेती समेत गर्दै आएकी छिन्। आफ्नै बारीमा उत्पादन भएको विभिन्न सागहरू उनले बिहानै साइकलमा राखेर चन्द्रनिगापुरमा रहेका होटलहरूमा लगि बिक्री वितरण गर्ने गरेकी छिन्।
विगत २० वर्षदेखि उनले साइकलमा चन्द्रनिगापुरका होटलहरूमा सागको व्यापार गर्दै आएकी हुन् । उनलाई स्थानीय होटल सञ्चालकहरूले सागवाली दिदीका नामले बोलाउने गरेका छन् । सागवालीका नामले परिचित रहेकी ल्वाङमायाले साग बेचेरै आफूलाई पुग्ने पैसा कमाउने गरेको बताएकी छिन् । साग बेचेरै उनले आफ्ना तीन छोरा र एक छोरीलाई शिक्षादिक्षा समेत दिएको तराई एक्सप्रेसलाई बताइन् ।
तीन छोरा र एक छोरीकी आमा लुवाङमायाको दैनिकी बिहानै उठेर साग बजारमा लगेर बिक्री गर्नु रहेको छ । उनका छोराहरू पनि आआफ्नै काममा व्यस्त रहने गरेका छन् । छोराहरूले अन्य काम गरेपनि आफू र श्रीमान साकै व्यापार व्यवसायमा लागेको उनको भनाइ रहेको छ । श्रीमान शिरबहादुरले बारीमा लगाएको सागलाई हेरचह गर्ने र उनले टिपेर राखेको साग आफूले बजारमा लगेर बिक्री वितरण गर्ने गरेको सागवाली दिदी अर्थात् ल्वाङमाया को भनाइ रहेको छ ।
पूर्व पश्चिम राजमार्गमा चल्ने सवारी साधनहरूले खाना खाने स्थानको रुपमा परिचित रौतहटको चन्द्रनिगापुरमा २० वर्षदेखि सागको व्यापार गर्दै आएकी ल्वाङमायाले साग बेचेरै राम्रो आम्दानी गर्ने गरेकी हुन् ।
ल्वाङमायाले स्थानीय होटलहरूको मागअनुसार सिजन अनुसारको साग पु¥याउने गरेकी छिन् । उनको बारीमा रायो, चाइनिज राया,े लट्टे, चमसुर, सुप, पालुङ, फापरको साग लगाउने गरेकी छन् । ल्वाङमायाले आफ्नो बारीमा सिजन अनुसारका साग लगाएर बिक्री गरी मनज्ञ आम्दानी गरेको देखेपछि उनका छिमेकीहरू पनि यतिबेला सागकै खेतीमा लागेका छन् ।
रौतहट जिल्लामै पहिलोपटक फापरको साग आफूले लगाएर फलाएको र बेचेको देखेर छिमेकीहरुले समेत यतिबेला फापरको साग लगाएर मनज्ञ आम्दानी गर्ने गरेको ल्वाङमाया को भनाइ रहेको छ ।
उनको बारीमा सिजन अनुसारको साग देखेपछि छिमेकीहरूले पनि उनकै सिको गर्दै सागकै खेती गर्न थालेका हुन् । छिमेकीले फलाएको साग समेत ल्वाङमायाले नै सङ्कलन गरेर चन्द्रनिगापुरको बजारमा रहेका होटलमा लगि बिक्री वितरण गर्ने गरेकी छिन् । झनझने टोल र चन्द्रनिगापुरको मुख्य बजारहरूमा सागबाली दिदीका नामले परिचित ल्वाङमाया लाई हिजो आज बजारमा होटलको सङ्ख्या बढेसँगै उनको समेत व्यस्तता बढेको छ । २० वर्ष पहिलादेखि साइकलमा साग बेच्दै आएकी सागवाली दिदीले पछिल्लो समय सागको व्यापार ई रिक्सामा समेत गर्न थालेकी छन् । होटल सञ्चालकहरूको अर्डर बढ्दै गएपछि उनले साइकलको साटो ई रिक्सामा साग हालेर होटलमा पु¥याइदिने गरेकी छिन् । सागको माग धेरै भए र फोन आए आफूले साग ई रिक्सामा हालेर होटलसम्मै पु¥याइदिने गरेको र आफूले भने दैनिक रुपमा साइकलमै होटल होटलमा लगि साग पुर्याइदिने गरेको भनाइ रहेको छ । आफूले धेरै समय पहिलादेखि सागवाली दिदी अर्थात् मायासँग साग किनेर होटल व्यवसाय गर्दै आएको चन्द्रनिगापुरमा रहेको सर्वश्रेष्ठ होटलका सञ्चालक हरि श्रेष्ठको भनाइ रहेको छ । आफूले पहिला गाउँमा सागखेती गर्दा अरुले नगरेको र पछिल्लो समय आफूले सागको व्यापारबाट मनज्ञ कमाएको देखेर छरछिमेकीहरू समेत सागको खेतीमा लागेको भनाइ रहेको छ । अहिले उनका दर्जनौं छिमेकीले समेत साग फलाएर बेच्नका लागि ल्वाङमाया लाईनै दिने गरेको छन् ।








