रौतहट,१८ माघ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारका कारण देश दुर्गतितर्फ धकेलिएको बताएका छन्।

नेकपा एमाले रौतहटले आज सदरमुकाम गौरमा आयोजना गरेको प्रतिनिधि परिषद् भेलालाई सम्बोधन गर्दै पोखरेलले सो कुरा बताएका हुन् । पोखरेलले देशलाई नेकपा एमाले सरकारले ल्याएका ठूला योजनालाई गठबन्धन सरकारले अवरोध पुर्याउने काम गरेको आरोप लगाएका छन्।

नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनको तयारी स्वरूप आज जिल्ला सदरमुकाम गौरमा प्रतिनिधि परिषदको भेला भएको थियो ।

पोखरेले भेलालाई सम्बोधन गर्दै संघ सरकार र प्रदेश सरकारमा रहेको गठबन्धनले देशको विकास गर्नुभन्दा आफ्नै विकास गर्न तल्लिन रहेको दाबी गरे ।

पोखरेलले समग्र मधेश प्रदेशको विकासका लागि एमाले नै उत्तम विकल्प भएकाले एमालेको पक्षमा लाग्न नेता तथा कार्यकर्ताहरूलाई जनता समक्ष पुग्न आग्रह गरेका थिए।