रौतहट,२४ माघ । नेकपा एमालेको दशौँ जिल्ला अधिवेशनको तयारी पूरा भएको छ। अधिवेशन नजिकिएसँगै अध्यक्षका दावेदारहरूको घर घर पुगेर मत माग्न थालेका छन्।

अध्यक्षका दावेदारमध्ये अहिलेका प्रचार विभाग प्रमुख रुपेश कुमार पटेलले प्रचार प्रसार अभियानलाई तीव्र पारेका छन्। उनी अहिले जिल्ला अधिवेशनका प्रतिनिधिहरूसँगको भेटघाटलाई तीव्र रुपमा अगाडि बढाइरहेका छन्। आफूले म अधिवेशनका प्रतिनिधिहरूसँगको छलफल र भेटघाटका क्रममा राम्रो रेस्पोन्स पाएको बताउँदै दशौँ जिल्ला अधिवेशनमा आफ्नै पक्षमा पल्लाभारी रहेको दाबी गरेका छन्। उनले आफूले कुनै पनि हालतमा अध्यक्षको उम्मेदवारीबाट पछि नहट्ने बताउँदै आफ्नो प्रचारप्रसारलाई तीव्र रुपमा अगाडि बढाएका छन्। अधिकांश प्रतिनिधिहरूको इच्छाअनुसार आफूले अध्यक्षमा उम्मेदवारी दिन थालेको पटेलले बताएका छन्।