रौतहट,५ फागुन । रौतहटको ईश्वनाथ नगरपालिकामा स्थानीय प्रशासनले अहिले साँझ ५ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ।
अस्ति ३ गते सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई समुदाय बीच झडप भएको थियो ।
दुई समुदाय बीच अस्ति भएको झडपलाई लिएर आज विवाद मिलाउन खोज्दा नमिलेपछि स्थानीय प्रशासनले कर्फु आदेश जारी गरेको हो । विवाद मिलाउनका लागि बोलाइएको सर्वपक्षीय भेलामै कुटाकुट भएपछि आधा दर्जन स्थानीय बासिन्दा घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय रौतहटले आज साँझ ५ बजेदेखि स्नात नगरपालिकाको विभिन्न क्षेत्रमा कर्फु आदेश जारी गरेको हो । इशनाथ नगरपालिकाको पूर्वमा जोकाहागाउँ पश्चिममा सानो जोकाहा गाउँ उत्तरमा रामपुरखाप दक्षिणमा सशस्त्र बेस क्याम्प र उत्तरमा जयनगर प्रहरी चौकी क्षेत्रमा जिल्ला प्रशासन कार्यालय रौतहटले कर्फु आदेश जारी गरेको हो।
साँझ ५ बजेदेखि अनिश्चितकालका लागि कर्फु आदेश जारी गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिएका छन् ।
सो क्षेत्रमा आवतजावत गर्न नपाउने, भेला तथा जुलुस गर्न नपाउने, प्रदर्शन गर्न नपाउने जिल्ला प्रशासन कार्यालय रौतहटले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।