रौतहट, ९ फागुन । गढिमाई नगरपालिकाका भएको ट्रेक्टर दुर्घटनामा २ जनाको ज्यान गएको छ । रौतहट जिल्लाको मलाहीबाट आलु खन्न सर्लाहीको हजरिया जाँदै गरेको ट्रेक्टर पल्टिएर दुई जनाको मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ओम प्रकाश खनालले दिएको जानकारी अनुसार ट्रेक्टर दुर्घटनामा ट्रयाक्टर चालक रौतहट गढिमाई–९ का ५५ वर्षीय जयलाल सहनी र ५० वर्षीय रामनाथ सहनी मृत्यु भएको हो । उनीहरुलाई पचारका लागि सिटीअस्पताल गरुडा लैजाँदा बाटोमै मृत्यु भएको थियो ।








