रौतहट,५ चैत । रङ्गपुर साझेदारी वन व्यवस्थापन समितिले मनोमानी तरिकाले जङ्गलको काठ कटानमुछान थालेको छ । समितिले नियम विपरीत कटान मुछानको काम गरेको जानकारहरूको भनाइ रहेको छ। डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्र, चन्द्रनिगापुर सब वन डिभिजन कार्यालयका प्रमुख राम केवल रायको मिलेमतोमा नियम विपरीत समितिले कटान मुछान गरिरहेको छ।

राष्ट्रिय दैनिक पत्रिकामा कटानमुछानका लागि सूचना निकालेर ठेकेदार मार्फत कटानमुछान गर्नुपर्नेमा सबैको मिलोमतोमा यतिबेला समिति आफैले कटानमुछान गरिरहेको एक उपभोक्ताले जानकारी दिए । कटान मुछानका लागि रु. २० लाख रुपैयाँ छुट्याइएको र त्यही पैसा हिनामिना गर्ने मनसायले समिति आफैंले वन कर्मचारीको मिलोमतोमा कटानमुछान गरिरहेको एक उपभोक्ता समितिका सदस्यले नाम उल्लेख नगर्ने सर्तमा तराई एक्सप्रेसलाई जानकारी दिए ।