रौतहट,७ चैत । नेपाल तेक्वान्डोसन मधेश प्रदेशको आयोजनामा मधेस प्रदेश स्तरीय तेस्रो कुन पुन्से रेफ्री सेमिनार तथा दोस्रो पुन्से रिफ्रेस सम्पन्न भएको छ । रौतहटको चन्द्रनिगापुरमा भएको सो कार्यक्रममा मधेश प्रदेशका २६ जना तेक्वान्दो प्रशिक्षकहरूको सहभागिता रहेको थियो। नेपाल तेक्वान्डो संघका वरिष्ठ प्रशिक्षक नर्बु लामाले सहभागी प्रशिक्षकहरुलाई तालिम दिएका थिए । कार्यक्रममा तेक्वान्दो प्रशिक्षक बब्लु शिवाकोटीको समेत सहभागिता रहेको थियो। तीन दिनसम्म चलेको सो सेमिनार तथा तालिमको समापन चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले गरेका थिए । कार्यक्रममा नेपाल तेक्वान्डो सङ्घ मधेस प्रदेशका महासचिव राजकुमार लामा,नेपाल तेक्वान्दो संघ रौतहटका अध्यक्ष वीर बहादुर राना मगर , जिल्ला खेलकुद विकास समित रौतहटका प्रमुख बिरेन्द्र ढुगाना लगाएतको सहभािता रहेको तेक्वान्दो प्रशिक्षक केशव खडकाले जानकारी दिए ।
सो कार्यक्रमले तेक्वान्दो प्रशिक्षकहरूको स्तर वृद्धिमा मद्दत पुगेको प्रशिक्षक खड्काको भनाइ रहेको छ।







