रौतहट,३ बैशाख । भोलिबाट काठमाडौँमा हुने राष्ट्रपति रनिङसिल्ड खेल्न जाने रौतहटका कराते खेलाडीलाई आज चन्द्रनिगापुरबाट विदाई गरिएको छ। केन्द्रीय स्तरको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता खेल्नका लागि मधेस प्रदेश स्तरीय छनौटबाट रौतहटका तीनजना कराते खेलाडी छनौट भएका थिए। उनीहरूलाई अहिले साँझ नेपाल कराते महासङ्घ मधेश प्रदेशका उपाध्यक्ष अशोक पहाडी तथा नेपाल कराते महासङ्घ रौतहटका उपाध्यक्ष भूमिलाल भोलन ले विदाई गरेका हुन् । केन्द्रीय स्तरको राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता खेल्नका लागि रौतहटको चन्द्रनिगाहपुरका कराते खेलाडी सोमिया तामाङ, रचना पाण्डे, र गरिमा राई काठमाडौँ प्रस्थान गरेका हुन् । रौतहट जिल्लाबाट प्रतिनिधित्व गर्दै मधेश प्रदेशमा छनौट हुन सफल भएका तीनैजना खेलाडीहरू नेपाल कराते महासङ्घ रौतहटका सचिव अमित भोलनको नेतृत्वमा अहिले साँझ काठमाडौँ प्रस्थान गरेका हुन् । भोलिबाट काठमाडौँको सातदोबाटोमा राष्ट्रपति रनिङसिल्ड खेलकुद प्रतियोगिताको नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।