चन्द्रपुर,७ जेठ । पछिल्लो समय चन्द्रनिगापुरको विभिन्न होटलमा बढेको यौनजन्य क्रियाकलापलाई नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले सक्रियता बढाएको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरबाट खटिएको प्रहरी टोलीले आइतबार देउराली चोकमारहेको सबनम होटलबाट दुई महिला र एक पुरुषलाई पक्राउ गरिएको छ ।
पक्राउ परेका महिला र पुरुष यौनजन्य गतिविधि गरिरहेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकाले जनाएको छ । लामो समयदेखी चन्द्रनिगापुरको अधिकांश होटलमा हुने यौन गतिविधिलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा डिएसपी गौरव महत आएदेखि नै सो क्रियाकलापलाई नियन्त्रण गर्न अभियान नै चलाएको छ ।
यता प्रहरीले यौनजन्य गतिविधि नियन्त्रण गर्न अभियान चलाए पनि चन्द्रनिगापुरका कतिपय होटलले यौन क्रियाकलाप भने छोड्न सकेको छैन ।
विभिन्न खाजा घरको नाममा सञ्चालन गरेको होटेल तथा ठुलठुला होटलहरूमा समेत यौनजन्य गतिविधि हुँदै आएको छ । चन्द्रनिगाहपुरमा रहेको होटल अशोकामा भारतको बिहारबाट आउने ठुलठुला ग्राहकलाई यौन गतिविधिमा संलग्न गराउने गरेको समाचार स्रोतले जनाएको छ ।
मोटो रकम पाउने लोभमा सो होटेलका सञ्चालक बिहारबाट मदिरा सेवन गर्न आएका ग्राहकलाई यौनजन्य गतिविधिमा संलग्न गराउने गरेको समाचार स्रोतको दाबी छ ।
यस्तै चन्द्रनिगापुरको पूर्वपश्चिम राजमार्गसँग जोडिएका होटेल वेलकममा पनि व्यापक यौनजन्य गतिविधि हुने गरेको समाचार स्रोतको भनाइ छ ।
पछिल्लो समय चन्द्रनिगापुरमा रहेका होटलहरू आर्थिक मन्दी देखाउँदै यौन क्रियाकलाप नै सुरु गरेको पाइन्छ । अहिले होटेल सञ्चालकहरूले घण्टा सिस्टममा कोठा भाडामा लगाएर यौन गतिविधि गराउने गरेको पाइन्छ । यस्तै इलाका प्रहरी कार्यालय चन्द्रनिगापुर अगाडि रहेकै होटेल हाइपी ल्यान्डमा समेत यौनजन्य गतिविधि हुने गरेको गुनासो व्यापक रहेको छ । प्रहरीले यौनजन्य गतिविधिमा संलग्न होटलहरूमा छापा मार्ने हो भने ठूलादेखि साना सबैमा छापा मार्नुपर्ने स्थानीय बासिन्दाको भनाइ रहेको छ । पछिल्लो समय बजारतिर पनि खाजा घरको नाउँमा यौन धन्दा हुने गरेको गुनासो बढेको छ ।
राजर्मामा रहेको समिर होटल र बजारबाट डाबरी जाने बाटोमा समेत एक किराना पसलमा यौन क्रियाकलाप हुने गरेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।
यस्तै गौर रोडमा बजार भन्दा लत खुलेको न्यू राज घराना खाजा घरमा पनि यौंन धन्दा हुने गरेको हो । यौनजन्य क्रियाकलाप नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले चालेको कदम सराहनीय समेत रहेको स्थानीय स्तरबाट आवाज उठ्न थालेको छ । प्रहरीको यस्ता साहरानीय कार्य नरोक्न समेत स्थानीय बासिन्दाको माग रहेको छ ।
पहिला–पहिला प्रहरीबाटै छुट पाइएका होटेल सञ्चालकहरू पल्केर यौन धन्धा गर्ने गरेका थिए । यता यौन धन्धामा संलग्न महिलाहरू बाहिर जिल्लाको हुने गरेको छ । यौन धन्दा गर्ने महिलाहरू चन्द्रनिगापुरको विभिन्न स्थानमा कोठा भाँडामा लिएर बस्दै आएका समाचार स्रोतले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले यौंन क्रियाकलाप गर्ने होटमा छापा मार्न तथा चेतावनी दिनु निकै सराहनीय कार्य रहेको चन्द्रपुर–४ का स्थानिय मनोज तिमल्सिनाको भनाइ रहेको छ । यसअघि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर आएका प्रहरी प्रमुखहरुले आर्थिक प्रलोभनमा परी यौनजन्य गतिविधि रोक्न सकेका थिएन् ।
तर, इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरमा डिएसपी गौरव महत आएदेखि यौनजन्य क्रियाकलाप गर्ने होटलहरूलाई कारवाही गर्ने अठोट गरेपछि उनको प्रशंसा यतिबेला चौतर्फी भइरहेको छ । आम सर्वसाधारणले समेत डिएसपी महतकै प्रशंसा गरिरहेका छन् ।








