चन्द्रपुर,२९ जेठ । रौतहटको वृन्दावन नगरपालिकामा नदीजन्य वस्तु उत्खनन नरोकेका भन्दै स्थानियले डिभिजन कार्यालय चन्द्रनिगाहपुर घेराउ गरेका छन् । स्थानियले वनप्रमुखको कार्यकक्षमै प्रवेश गरि उत्खनन किन नरोकेको भनेर आक्रोस पोखेको थिए । उनीहरुले वनप्रमुखलाई कार्यालयबाट बाहिर निस्कन दिएका थिएनन् । उनीहरुले बागमती नदीबाग जेसिबी निस्केपछि मात्र वन कार्यालय घराउ गर्न छाडेका थिए ।
नेपाली कांग्रेस र नेकपा माओवादीले नदी उत्खनन अवैध भएको भन्दै विरोध जनाउदै आएका छन् । डिभिजन वन कार्यालय पुगेका नेपाली काग्रेसका क्षेत्रीय सभापति एवम बृन्दावनका पूर्व मेयर रामस्नेही राय यादव, माओदीका मेयर प्रत्यासी रामप्रसाद पटेल, बृन्दावनका २ नम्बर वडाअध्यक्ष सिकिन्द्र पटेल, ४ का श्याम यादब लगायत ठुलो सख्यामा स्थानियहरु दिउसो वन कार्यालय पुगेका थिए । वनप्रमुख शैलेन्द्र मिश्रको कार्यकक्षमै प्रवेश गरि उत्खनन् रोक्न दबाब दिएका थिए ।
वन र स्थानिय प्रशासनको मिलोमतोमा उत्खनन भएको पूर्व मेयर यादबले आरोप लगाए । ‘आज यत्रो दिन देखी अबैध रुपमा उत्खनन हुदा वनप्रमुख चुप बसेको छ,‘उनलेभने,‘मिलोमतो नभएको भए तत्कालै रोक्न सक्थ्यो । वनले उत्खनन नरोके सम्म वनकार्यालय घेरेर बस्छौ ।’ नगरप्रमुख बिनोदप्रसाद पटेलकले अमानतमा उत्खनन् गर्न थाले पछि स्थानियले रोक्न खोजेका हुन् । यस क्रममा पटक÷पटक झडपको अवस्था उत्पन्न भएको छ । वनप्रमुख मिश्रले बृन्दावनको उत्खनन रोक्न टोली पठाईसकेको बताए । उनले यति भन्दै गर्दा माओबादीका बृन्दावन नगरपालीकाका मेयर प्रत्यासी रामप्रसाद पटेलले यतिका दिन सम्म तपाइहरु किन चुप बस्नु भयो भनेर प्रश्न गरेका थिए । कार्यालयबाट बाहिर निस्कन खोजेका वनप्रमुख मिश्रलाई बृन्दावनका स्थानियले उत्खनन रोके पछि मात्र बाहिर निस्कन दिने भने पछि उनी कायकक्ष फर्केका छन् ।
रामलाल वृन्दावन साझेदारी वन क्षेत्रको बाग्मती बगरमा नगरपालिकाको अमानतमा स्काभेटर प्रयोग गरि उत्खनन गरिरकेको छ । आईतबार साझ नदिमा चलाईरहेको स्काभेटर तोडफोड समेत भएको थियो । त्यस पछि वृन्दावन नगरपालिका–४ का वडा अध्यक्ष श्याम यादबको बाग्मती बगरमा रहेको गाई फर्ममा अर्को समूहले आगजनी गरिदिएको थियो । वडा अध्यक्ष यादबले स्थानिय प्रशासनको लापरबाही र उत्खननमा साक्षी बसे पछि घट्नाले उग्ररुप लिएको बताए । खोला उत्खननको विषयमा लामो समयदेखि जनप्रतिनिधिहरु बीच विवाद हुदै आएको छ । नगरप्रमुख बिनोद पटेलले नियमको परिधिमा रहेर उत्खनन गरेको दाबि गर्दै आएका छन् ।








