रौतहट,१३ असोज । रौतहटमा बाढीमा डुबेर र करेन्ट लागेर तिन जनाको मृत्य’ भएको छ । जिल्लाको दुर्गाभगवती गाँउपालिकामा एक पुरुषको मृत्यु भएको छ भने परोहा नगरपालिकामा एक बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार दुर्गाभगवती गाँउपालिका ४ का ३५ वर्षीय बच्चा भन्ने राजकुमार मुखियाको मृत्यु भएको छ भने बाढीको पानीमा माछा मार्ने क्रममा चिप्लिएर लडेका उनको डुबेर मृत्यु भएको छ । परोहा नगरपालिकाको नरकटियामा घाँस काटन गएकी १४ वर्षीया छोरी आशा कुमारी साहको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।
यस्तै कलको पानी खाने क्रममा बौधिमाई–२ मा करेन्ट लाग्दा एक १४ वर्षीय बालक रामबाबु महतोको पनि मृत्यु भएको छ ।








