चन्द्रनिगाहपुर — चन्द्रनिगाहपुरमा अवस्थित सापकोटा फर्निचर शोरुमले असार २ गतेदेखि असार २२ गतेसम्म विशेष सोफा अफर ल्याएको छ। ग्राहकहरूको मागलाई ध्यानमा राख्दै शोरुमले आफ्नै कारखानाबाट उत्पादन गरिएको उच्च गुणस्तरीय सोफाहरू बिषेश छुट मूल्यमा बिक्री गर्न थालेको हो ।
“क्वालिटीमा सम्झौता नगरिकन उत्कृष्ट डिजाइन र टिकाउपनासहितका सोफाहरू अहिले विशेष अफर अन्तर्गत मात्र २०,००० र २५,००० रूपैयाँमा उपलब्ध छन्,” सापकोटा फर्निचरका सञ्चालक दिवाकर सापकोटाले जानकारी दिए ।
साथै, पुराना सोफालाई नयाँसँग साट्ने सुविधा पनि सुरु गरिएको सापकोटाले बताए । ‘सोफा एक्सचेन्ज’ अफर अन्तर्गत ग्राहकहरूले पुरानो सोफा बुझाएर आकर्षक छुटमा नयाँ सोफा खरिद गर्न सक्नेछन्। आजबाट सुरु भएको यो अफरलाई लिएर ग्राहकहरूमा उत्साह देखिएको संचालक सापकोटाले बताए ।
शोरुममा अहिले धमाधम बिक्री भइरहेको छ भने, व्यवसायी सापकोटाका अनुसार सीमित स्टकका कारण अफर सकिनुअघि नै खरिद गर्न सुझाव दिइएको छ।








