रौतहट । नेकपा एमाले मधेश प्रदेश कमिटीले रौतहटको चन्द्रपुरका युवा व्यवसायी सुनिल तिमल्सिनालाई सहकारी तथा गरिबी निवारण विभागको सदस्यमा मनोनित गरेको छ।
चन्द्रनिगाहपुरमा जन्म–बढेका तिमल्सिना विगत लामो समयदेखि विभिन्न व्यवसायिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्। उनी चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट का सञ्चालकसमेत हुन्। साथै, उनले स्थानीय सहकारी संस्था तथा व्यापारिक संघ–संस्थामा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
सफल व्यवसायी मात्र नभई दक्ष सहकारीकर्मीका रूपमा समेत परिचित तिमल्सिनाको योगदानलाई उच्च मूल्याङ्कन गर्दै नेकपा एमालेले उनीमाथि यो जिम्मेवारी सुम्पेको हो। मनोनयनपछि तिमल्सिनाले आफूलाई दिएको विश्वासप्रति धन्यवाद ज्ञापन गर्दै सहकारी क्षेत्रको सुदृढीकरण र गरिबी निवारणका लागि प्रतिबद्धतापूर्वक काम गर्ने बताए।तिमल्सिना ८४ मा हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट चन्द्रपुर नगरपालिकाको मेयरका दावेदार हुन् ।








