महोत्तरी — महोत्तरीको बर्दिबास नगरपालिका–११ खयरमारामा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
खयरमाराबाट काठमाडौँ जाँदै गरेको ना६ख १४६४ नम्बरको बस आज बिहान लक्ष्मीनारायण मावि नजिकै दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा पैदलयात्री बर्दिबास–१० का ८० वर्षीय चुल्हाई चौधरीको घटनास्थलमै र सर्लाहीको ईश्वरपुर–१२ का १० वर्षीय प्रवेश खड्काको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक विकास बमले जानकारी दिए ।
दुर्घटनामा बसमा सवार ४० जनाभन्दा बढी घाइते भएका छन् । उनीहरूको बर्दिबासस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले बस दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको छ ।








