रौतहट, चन्द्रनिगाहपुर — पछिल्लो समय चन्द्रनिगाहपुर क्षेत्रमा मोटरसाइकल चोरीका घटनाहरू बढ्दै गएका छन्। ताजा घटनामा चन्द्रनिगाहपुरस्थित एनप्लाजा होटलको बाहिर पार्किङ गरिएको बुलेट मोटरसाइकल चोरी भएको छ।

पक्राउ पर्ने विवरण अनुसार, चोरी भएको मोटरसाइकल कलेजि रङको बुलेट, नं–प्लेट प्रदेश २–०३–००१प ९७७४ हो। सो मोटरसाइकल हिजो साँझ होटलको बाहिर पार्किङ गरेर राखिएको थियो। केही समयमा नै मोटरसाइकल हराएको पाइएको पीडित पक्षले जनाएको छ।

घटनापछि पीडितले प्रहरीमा निवेदन दिएका छन् भने प्रहरीले मोटरसाइकल खोजी कार्य अघि बढाएको छ।

स्थानीयवासीहरूले चन्द्रनिगाहपुर क्षेत्रमा पछिल्लो समय लगातार मोटरसाइकल चोरीका घटनाहरू बढ्दै गएको भन्दै सुरक्षा निकायको लापरवाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले प्रहरी प्रशासनलाई राति गस्ती बढाउन र निगरानी प्रणाली मजबुत बनाउन आग्रह गरेका छन्।

प्रहरीका अनुसार, यस्ता घटनामा संलग्न समूहको खोजी कार्य तीव्र बनाइएको छ र चाँडैै नै दोषी पत्ता लाग्ने विश्वास गरिएको छ।