रौतहट, ३ मंसिर । रौतहटको कटहरिया नगरपालिकामा एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ। कटहरिया–३ का ४ वर्षीय शिवराम सोनार बुधबार दिउँसो घर नजिकैको पोखरीमा डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय कटहरियाले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालयका अधिकारीहरूले बताएअनुसार बालक बिर्ती प्रष्टोकाबाट करिब ५ सय मिटर दक्षिणतर्फ माछा मार्न पुगेका थिए । सो क्रममा उहाँ पोखरीमा डुबेको स्थानीयहरूले देखेपछि तत्कालै पानीबाट निकालेर उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र, कटहरिया तर्फ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जानकारी दिनुभयो ।
प्रहरीले घटनास्थलको प्रारम्भिक मुजाहेरा सम्पन्न भएको बताउँदै बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको जानकारी दिनुभयो ।