चन्द्रनिगाहपुर १२ मंसिर ।
रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजनामा तथा जिल्ला ट्राफिक कार्यालय रौतहटको प्राविधिक सहयोगमा मंसिर ११ गते गुजरा नगरपालिका–९, भवानिपुरस्थित नमुना माध्यमिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीलाई ट्राफिक नियमसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा विद्यार्थीलाई ट्राफिक नियमको महत्व, आवश्यकता, कानुनी व्यवस्था, नागरिकको कर्तव्य र जिम्मेवारी बारे विस्तृत जानकारी प्रदान गरिएको थियो।
कार्यक्रमको सहजीकरण जिल्ला ट्राफिक कार्यालय रौतहटका नायब निरीक्षक सञ्जय यादवले गर्नु भएको थियो।
सो कार्यक्रममा संघका अध्यक्ष, उपाध्यक्ष रामविश्वास पासवान, सचिव वसन्त आचार्य, कोषाध्यक्ष नरेन्द्र राना, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको सहभागिता रहेको थियो।
रौतहट बचत तथा ऋण सहकारी संघले कार्यक्रम सफल बनाउन साथ दिने जिल्ला ट्राफिक कार्यालय, विद्यालय परिवार तथा सबै प्रत्यक्ष–अप्रत्यक्ष सहयोगीप्रति धन्यवाद व्यक्त गरेको छ।