सर्लाही । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुरमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता सरोज राईका अनुसार आज बिहान लु ३ च ५४७२ नम्बरको निजी कार दुर्घटना हुँदा बुटवल उपमहानगरपालिका–१ निवासी २७ वर्षीय शुभम् जैसवालको मृत्यु भएको हो ।
काँकरभिट्टाबाट बुटवलतर्फ गइरहेको उक्त कारका चालक बुटवल उपमहानगरपालिका–१ का २३ वर्षीय साहिल बर्मा, साथै ४८ वर्षीय वृजकिशोर बर्मा र ५२ वर्षीय सञ्जय जैसवाल घाइते भएका छन् ।
घाइते तीनै जनाको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइतेमध्ये सञ्जय जैसवालको अवस्था गम्भीर रहेको छ ।








