रौतहट,१९ फागुन । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ५ मा शंकास्पद वस्तु फेला परेको छ। चन्द्रपुर नगरपालिका वडा नम्बर ५ मा रहेको राजपैंडा प्राविको पछाडिको बाटोमा शंकास्पद वस्तु फेला परेको हो। बोरामा राखिएको उक्त वस्तुमा राति नै बत्ती पिलिक पिलिक बलेपछि स्थानीयले सुरक्षा निकायलाई खबर गरेका थिए । बिहानैबाट सो स्थानलाई नेपाली सेनाले घेरा हालेर राखेको छ।