नेपाली कांग्रेसका सभापति गगन कुमार थापा निर्वाचनपछि पहिलोपटक सर्लाही पुगेका छन्।
गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवार बनेका थापा पराजित भएका थिए। उनलाई उमरेश कुमार सिंह ले हराएका थिए।
सभापति थापाको सचिवालयका अनुसार निर्वाचनपछि पहिलोपटक उनी सर्लाही आएका हुन्। सचिवालय सदस्य शंकर कुइँकेलले थापा सर्लाही–४ मा सञ्चालन भइरहेको कांग्रेसको ‘जरा अभियान’ मा सहभागी हुने कार्यक्रम रहेको जानकारी दिए।
यस क्रममा थापाले सर्लाही–४ का मतदाताहरूसँग भेटघाट तथा संवाद गर्ने कार्यक्रम पनि तय गरिएको छ। उनी बिहीबार काठमाडौं फर्कने कार्यक्रम रहेको बताइएको छ।