अशोक पहाडी, चन्द्रपुर,१३ असार ।
चन्द्रनिगाहपुर बागमती सडक खण्डको चन्द्रपुर २ मा पर्ने पहिलो लच्का भन्दा केही पुर्व एउटा कोईला बोक्ने ट्रक बिग्रेर अलपत्र अवस्थामा छ । कुनै पनि चक्का नभएको सो ट्रकको कोईला बोक्ने भागमा एउटा च्यातियको त्रिपाल टा“गेर एक मानसिक सन्तुलन गुमाएकी महिला आफ्नो नाबालक छोरा सहित रातदिन बिताउदै आएकी छिन् ।
कोईला बोक्ने भारतीय नम्बर प्लेटको गाडीमा बस्दै आएकी ती महिलाको अवस्था समेत ट्रकको जस्तै छ । टायर ,ब्याट्री र ईन्जिन समेत नभएको उक्त ट्रककै जस्तो अवस्थामा छ ती महिलाको पनि । टायर ,ब्याट्री र ईन्जिन बिना गाडी कुदन नसकेजस्तै ती महिला र नाबालक छोराको समेत कतै जाने ठांउ नभएपछि उनीहरुले बिगत केही दिनदेखी सो ट्रकको समान लोड गर्ने भागको एक कुनालाई आफ्नो बासस्थान बनाएकाछन् ।
मानसिक सन्तुलन गुमाए जस्तो कुरा गर्ने ती महिला र उनको करिब दुई अढाई बर्षको छोरा यो असारे झरीमा च्यातिएको त्रिपालको साहारमा बिग्रेको ट्रकमा बस्न बाध्य रहेकाछन् ।
कसैसंग कुरा गर्न नरुचाउने ती महिलाले पटक पटकको आग्रह पछि आफुलाई क्रेडवाला ट्रकको ड्राइभरले त्यहा ल्याएर छाडेको र उ लिन आएपछि उसंगै जाने बताईन् ।
पुर्ब पश्चिम राजमार्गको बिच जंगलमा बिग्रेको ट्रक माथि त्रिपाल टा“गेर बसेकी महिला आफ्नो घर ठेगाना समेत थाहा नभएको बताउछिन् । आप्mनो तामाङ थर बताउने ती महिलालाई यो छोरा कस्को भन्ने प्रश्नमा उनले भनिन् िबाउको हो की आमाको हो हेर्दा थाहा हुदैन् ? असारे झरीमा खाननु पिउनुको अवस्थामा ट्रकमा महिला र नाबालक रहेको कुरा थाहा पाएपछि सो स्थानमा खानेकुरा सहित पुगेका स्थानीय युवा समाजसेवी महारन्त बिष्ट सहितको युवाहरुको समुहले खानेकुरा दिदा पर्दैन भरे ड्राईभरले खानेकुरा दिन्छ,भनेकी ती महिलाका नाबालक छोराले खानेकुरा तिर हात बढाएपछि भने लगेको खानेकुरा लिन तयार भएकी थिईन ।
जिउभरी घाउ खटिराले ग्रस्त मैला लुगा,सुत्ने ठाउ छेउमै दिसा ,पिसाव गरेको अवस्थामा रहेकी अन्दाजी २५÷३० बर्षकी उनलाई यहा“बाट अन्तै जाने हामी लगेर राख्ने ब्यावस्था गछौं,भन्दा उनको भनाई उही पुरानै थियो भरे क्रेडवाला ड्राइभर आउछ अनि उसैसंग जान्छु ।
महिलाको दयनिय अवस्था देखेपछि बिष्ट सहितका नजरमान लामा ,साजन रानामगरले शनिबार दिउसो खानेकुरा दिएका थिय । यस्तो दयनिय अवस्थामा रहेकाअरुलाई उद्धार गरेर चन्द्रपुर नगरपालिकाले मानवियता देखाउनुपर्ने स्थानीय युवा समाजसेवी बिष्टको भनाइ रहेको छ ।
पुर्ब पश्चिम राजमार्गको ब्यास्त बजार चन्द्रनिगाहपुर राजमार्गमा गुडने सवारी साधानले खाना खाने ठाउका रुपमा समेत परिचित रहेकोले अन्य स्थानमा मानसिक सन्तुलन गुमाएकाहरुलाई सवारीले यही उनीहरुले सहजै खाना खान पाउने भएका कारण ल्याएर छाडने गरेकाछन् । तर पछिल्लो समय लक डाउनका कारण चन्द्रनिगाहपुरका होटलहरु पुर्ण रुपमा बन्द रहेकाले यस्ता मानसिक सन्तुलन गुमाएर यताउता भौतारीनेहरुले खानानै खान नपाएर ज्यान गुमाउनुपर्ने अवस्था रहेको स्थानीय होटल संचालक सुमन कार्कीको भनाइ रहेको छ ।