अशोक पहाडी ,चन्द्रपुर,१७ कार्तिक ÷
लामो समयको लकडाउन र निषेधाज्ञापछि रौतहटमा बिस्तारै खेलकुद गतिबिधि बढदै जान थालेको छ । लकडाउन र निषेधाज्ञाले बन्द रहेका बिभिन्न खेलका नियमित प्रशिक्षण समेत संचालन हुन थालेकाछन् ।
बन्दाबन्दीका कारण सुन्य रहेको खेल गतिबिधि बिस्तारै संचलनमा आउन थालेकाछन् । जिल्लाका ग्रामिण भेगमा दैनिक जसो क्रिकेटका प्रतियोगिताहरु हुन थालेकाछन् । जिल्ला तथा नगर स्तरिय खेलकुद प्रतियोगिताको आयोजनाहरु हुन थालेका छन् । तर ठुला प्रतियोगिताहरु आझै सम्म हुन सकेकाछन् । जिल्लाको चन्द्रपुर नगरपालिकामा रहेका बिभिन्न खेल संघका नियमित प्रशिक्षण चालु भएपनि प्रतियोगिता भने हुन सकेको छैन् ।
केही दिन पहिला चन्द्रनिगाहपुरमा जिल्ला स्तरिय कराते प्रतियोगिताको आयोजना गरिएको नेपाल सितोरियो कराते संघ रौतहटका कोषाध्यक्ष भिम पहरीले जानकारी दिए । अवस्था समान्य हुदै गएकाले अव चन्द्रनिगाहपुरमा चन्द्रपुर नगरपालिकाको सहकार्यमा पहिलो पटक उप मेयर कप महिला राष्ट्रिय कराते प्रतियोगिताको तयारीमा जुटेको पहरीको भनाइ रहेको छ ।
अखिल नेपाल फुटबल संघ रौतहटले समेत अव अवस्था समान्य रहेकाले २ नम्बर प्रदेश स्तरिय मेयरकप फुटबल प्रतियोगिता गर्ने तयारीमा जुटेको फुटबल संघ रौतहटका अध्यक्ष भगवान दर्लामीले बताए ।
लामो समयको बन्दाबन्दीका कारण नियमित प्रशिक्षण र प्राियोगिताहरु नभएका कारण खेलाडीमा बिभिन्न खाले शोच पैदा हुदै जाने भएका कारण आफुहरु अव निरन्तर प्रतियोगिताको तयारीमा जुटने फुटबल संघ प्रदेश २ का अध्यक्ष नेपाल कार्कीले बताए ।
जिल्लामा बिभिन्न खेलका ठुला प्रतियोगिता हुने रौतहटको चन्द्रपुर नगरपालिकामा पछिल्लो समय कुनै खेलका ठुला प्रतियोगिता हुन नसकेपनि जिल्लाका ग्रामिण भेगमा भने बिभिन्न खेलका नगर स्तरिय वडा स्तरिय प्रतियोगिताहरु भने सुरु हुन थालेकाछन् । शनिबार माधवनारायण नगरपालिका वाडा न ३ भेलहीमा सुरु भएको टि २० नक आउन क्रिकेट प्रतियोगिताको प्रदेश सांसद एवं प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले उद्धघाटन गरे ।
जनता समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष समेत रहेका राज्य मन्त्री यादवले अव जिल्लामा बिस्तारै खेलकुद गतिबिधि बढाउदै लानु पर्नेमा जोड दिएका थिय । जिल्लाका बिभिन्न स्थानीय तहमा स्थानीय तहहरुको आर्थिक सहयोगमा प्रतियोगिताहरु सुरु भएपछि प्रतियोगिता हेर्ने दर्शकाको समेत भिड लाग्दै जान थालेको छ ।
गुजरा नगरपालिकाले समेत आफ्नो नगरमा वडा स्तरिय फुटबल प्रतियोगिता सम्पन्न गरेको वडा अध्यक्ष अशोक चौधरीले बताए ।
महिला फुटबलको कारखानाका रुपमा रहेको रौतहटमा बिगत एक बर्ष देखी महिला फुटबलको प्रतियोगिता हुन सकेको छैन् ।