गौर,१८ कार्तिक /
रौतहट क्षेत्र नम्बर १ संघिय सांसद एवं जनता समाजवादी पार्टीका निर्वाचन प्रमुख अनिलकुमार झा माथि यतीबेला रौतहटमा समाजिक संजालमा चर्को गाली गलौज सुरु भएको छ ।
उनका बिरुद्ध अन्य दलले सामाजिक संजालमा चर्को आलोचना गर्न थालेकाछन् ।
गत कार्तिक ११ गते रौतहटको यमुनामाई गाउ“पालिका वडा नम्बर ३ राजपुर तुलसीमा जनता समाजवादी पार्टीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सांसद झाले स्थानीय तहका प्रमुख दक्षित गर्दे नगरपालिका र गाउ“पालिकाको खातामा आउने रकम मेयरको बाउको नभएको टिप्पणी गरेका थिय ।
सोही कार्यक्रममा संघीय सांसद झाले बैदेशिक रोजगारका युवाहरुका श्रीमतीहरुले श्रीमानले कमाएर पठाएको रकम फिल्म हेर्दा हेर्दै सकाएर अन्य युवाहरुसंग गलत शारिरीक सम्बन्ध तथा बेश्याबृती गराएको बताएपछि उनका बिरुद्ध उनकै क्षेत्रमा चर्को आलोचना भइरहेको छ । रौतहटका केही महिला सांसदले समेत झाको भनाईको बिज्ञप्तीनै निकालेर बिरोध गरेका छन् । यता झाको भनाइको बिरोधमा नेपाली कांग्रेसले बिज्ञप्तीने निकालेर बिरोध गरेको छ । नेपालीकांग्रेस पार्टी रौतहटले सांसद झाले सांसद पदबाट राजिनामा दिनुपर्ने माग गरेको छ ।
नेपाली कांग्रेस रौतहटका सभापति कृष्णा यादवले पूर्व उद्योग मन्त्री समेत रहेका झाले महिलालाइ उदाहारण स्वरुप प्रस्तुत गर्दै दिएको अभद्र अश्लिलताले भरिएको शब्द प्रयोग प्रति घोर निन्दा गरेकाछन् ।
सभापति यादवले प्रेस विज्ञप्ति जारी गर्दै महिलाको चरित्र माथि गरेको नकारात्मक टिपण्णीको घोर निन्दागर्दै जसपाका सांसद अनिल झाले सम्पूर्ण नेपाली महिलाको सम्मान माथि खिल्ली उडाउदै बैदेशिक रोजगारीको सिलसिलामा काम गर्न गएको सबै नेपाली नागरिकको श्रीमती बेश्या बृतीमा लागेको भन्नु गलत भएको बताएकाछन् । झाको भनाईको बिरोधमा रौतहटकी नेकपा सांसद रेखा कुमारी झाले समेत बिज्ञप्ती जारी गर्दे महिला माथि जसपा नेता झाले गरेको टिप्पणीको चर्को आलोचना गरेकी छिन् । जसपा नेता झाले स्थानीय तहका प्रमुखलाई गाली गरेपछि सामाजिक संजालमा झाको संसदीय विकास कोषको रकम कहा खर्चभयो त्यसको समेत लेखाजोखा हुनुपर्ने भन्दै टिका टिप्पणी हुन थालेको छ । यता झाले भने आफुले बैदेशिक रोजगारीमा गएका नेपालीको कराबट देश चलेको कुरा बताएको र त्यसैलाई बिरोधीले बखेडा बनाएको बताएकाछन् । आफुले रौतहटका स्थानीय तहमा हुने अनियमिताको बिषयमा स्थानीय तहका प्रमुखहरुलाई सजग र सचेत बनाउदै सरकारी रकम आफ्नो बाउको जसरी दुरुपयोग गगर्न भनेको सचेत मात्र गराएको तराई एक्सप्रेसलाई बताए । २०७७ कार्तिक १८ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।