गौर,२२ कार्तिक / यमुनामाइ गाउपालिकाका अध्यक्ष श्री प्रसाद मुखियाले पुर्व मन्त्री तथा रौतहट १ का संघिय सांसद अनिल कुमार झालाई आफ्नो गाउपालिकामा प्रवेस नदिने बताएकाछन् । उनले झाले आफुले बोलेका कुरा फिर्ता लिएर माफि नमागे आफ्नो गाउपालिकामा प्रवेस गर्न नदिने बताएका हुन् ।
शुक्रबार यमुनामाई गाउपालिकामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुखियाले यदी मलाई दलित भनेर हेपेर सो कुरा बोलेको हो भने अव नसहने चेतावनी समेत दिएकाछन ।
केही समय पहिला पुर्व मन्त्री झाले सो गाउपालिकामा आयोजित पत्रकार सम्मेलनमा यमुनामाइ गाउपालिकाका महिला अनैतिक कार्यमा सक्रिय रहेको र गाउपालिका अध्यक्षले बाउकै सम्पती जस्तो गाउपालिकाको बजेट हिनामिना गरेको आरोप लगाएका थिय ।
त्यस कुराको आफुले प्रतिवाद गर्नका लागि पत्रकार सम्मेलन गरेको मुखियाको भनाइ रहेको छ । झाको बिवादस्पद सो भनाईको रौतहटमा चौतर्फी आलोचना हुदै आएको छ ।